• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

काठमाडौँको सिग्मा कलेजको क्यान्टिनमा आगलागी

काठमाडौँ महानगरपालिका–१६ स्थित सोह्रखुट्टेको सिग्मा कलेजको क्यान्टिनमा आज बिहान आगलागी भएको छ। ग्याँस लिक भएका कारण लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएका हुन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आगलागीले क्यान्टिनभित्रका सामग्री जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

घटनाको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्म काठमाडौँबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार न्यौपानेको नेतृत्वमा र काठमाडौँ महानगरपालिकाको न्यूरोडस्थित वारुणयन्त्र कार्यालयबाट सशस्त्र प्रहरी नायव निरीक्षक धन बहादुर सुवेदीको कमान्डमा टोली परिचालित गरिएको थियो।

आगो बिहान करिब ८ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।