• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

अन्तर्राष्ट्रिय अपाङ्गता सम्मेलनको नाममा ठगी, एक जना पक्राउ

काठमाडौं। ठगी अभियोगमा गिल्ट ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक २१ वर्षीय श्रृजेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। कार्की काठमाडौं महानगरपालिका–२६, लैनचौरका बासिन्दा हुन्।

जर्मनीमा २०२५ मा आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय अपाङ्गता सम्मेलनमा सहभागी हुने व्यक्तिहरूको लागि हवाई टिकट, टर्कीको ट्रान्जिट भिसा तथा होटल बुकिङ गरिदिन्छु भनी नक्कली कागजातमार्फत ४ लाख ३० हजार रुपैयाँ ठगी गरेको उजुरीका आधारमा उनलाई सोमबार पक्राउ गरिएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। उनलाई ठगीसम्बन्धी कसुरमा अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।