• २०८३ साउन ७
  • 2026 July 23, Thursday

पूर्णिमा श्रेष्ठको पाँचौँ सफल सगरमाथा आरोहण

  • २०८२ जेठ ९, शुक्रबार १०:२९

काठमाडौँ । फोटो पत्रकार पूर्णिमा श्रेष्ठ पाँचौँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी काठमाडौँ फर्किएकी छन्। आज बिहान लुक्लाबाट उनी काठमाडौँ आइपुगेकी हुन्।

श्रेष्ठले यही आइतबार बिहान ३:३७ बजे सगरमाथाको शिखरमा पाइला टेकेकी थिइन्। यसपटकको आरोहण उनले सतोरी एड्भेञ्चर प्रालिमार्फत गरेकी हुन्।

गत वर्षको सिजनमा उनले दुई हप्ताको अन्तरालमै तीन पटक सगरमाथा चढेर कीर्तिमान बनाएकी थिइन्। श्रेष्ठले पहिलो पटक सन् २०१८ मा सगरमाथा आरोहण गरेकी थिइन्।

आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये धेरै हिमाल सफलतापूर्वक आरोहण गरिसकेकी श्रेष्ठले दोस्रो अग्लो शिखर माउण्ट केटु, ल्होत्से, मनासलु, अन्नपूर्ण र धौलागिरिलगायतका शिखर पनि चढिसकेकी छन्।

  • २०८२ जेठ ९, शुक्रबार १०:२९