मोहम्मद युनुस राजीनामाको तयारीमा?

काठमाडौं।  बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस राजीनामाको तयारीमा रहेको संकेत दिएका छन्। देशको जटिल राजनीतिक अवस्थाका कारण आफूलाई काम गर्न गाह्रो भएको बताउँदै उनले चिन्ता व्यक्त गरेका हुन्।

विद्यार्थी नेता तथा राष्ट्रिय नागरिक पार्टीका संयोजक नाहिद इस्लामले युनुसलाई जमुनास्थित निवासमा भेटेकी थिइन्। बीबीसी बङ्गलासँग कुरा गर्दै इस्लामले भनिन्, “देशको वर्तमान परिस्थितिका कारण हामी उहाँको राजीनामाको चर्चा सुनिरहेका थियौं, त्यसैले म उहाँलाई भेट्न गएँ।

भेटका क्रममा उहाँले हालको अवस्थाले काम गर्न असहज भइरहेको बताउनुभयो। ”यसअघि ढाकामा बसेको सल्लाहकार परिषद्को बैठकमा पनि युनुसले देशको राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

यता, बङ्गलादेशको प्रमुख विपक्षी दल बीएनपी (बङ्गलादेश नेसनलिस्ट पार्टी) ले पनि अन्तरिम सरकारमाथि दबाब बढाउँदै आएको छ। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खालिदा जियाको नेतृत्वमा बिहीबार केही सल्लाहकारहरूलाई हटाउन माग गरिएको थियो।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१