• २०८३ साउन ५
  • 2026 July 21, Tuesday
सुनचाँदी

सुनको मूल्यमा तोलामा १४०० रुपैयाँ वृद्धि, चाँदी स्थिर

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा तीव्र वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ, जुन शुक्रबारको तुलनामा तोलामा १४०० रुपैयाँले बढी हो।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ थियो। यता, चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। शुक्रबार तोलामा २ हजार ५ रुपैयाँ रहेको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।