• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

काठमाडौँ ।  कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा फुलिबाङ केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । विज्ञहरूले यो भूकम्पलाई मध्यम प्रकृतिको भूकम्प मानेका छन्।

उनीहरूका अनुसार भूकम्पको उत्पत्तिको गहिराइ र केन्द्रविन्दुका आधारमा यसको थप अध्ययन भइरहेको छ। साथै भूकम्पबाट सजग रहन र अनावश्यक त्रास फैलाउन अनुरोध गरिएको छ ।