• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

विपक्षीको अवरोधपछि आजपनि प्रतिनिधिसभा बैठक स्थगित,आधा घण्टापछि पुनः बैठक हुने

प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको अवरोधका कारण पुनः आधा घण्टाका लागि स्थगित गरिएको छ। बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू उठेर विरोधमा उत्रिएका थिए। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको सूचना दिँदै सांसदहरूलाई बस्न आग्रह गरे पनि विपक्षीहरू नरमाएको कारण बैठक अघि बढ्न नसकेको हो।

गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरूले भिजिट भिसा प्रकरणलाई लिएर मंगलबारदेखि लगातार संसद् अवरुद्ध गर्दै आएका छन्। मंगलबारको बैठक पनि नाराबाजीकै कारण आधा घण्टाका लागि स्थगित गरिएको थियो। त्यसपछि बैठक सूचना टाँसेर आज बिहान ११ बजेसम्मका लागि सारिएको थियो।