• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

विराटनगरमा कांग्रेसका नागेश कोइराला र एमालेका सागर थापा उम्मेदवार

काठमाडौं । प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिका प्रमुख पदको उम्मेदवारमा नेपाली कांग्रेसले नागेश कोइरालालाई छनोट गरेको छ ।

उनी नेता डा. शेखर कोइराला निकट हुन् । हाल पार्टीको मोरङ उपसभापतिको जिम्मेवारीमा पनि छन् ।

कोइराला परिवारबाट उनको उम्मेदवार रहने भएपछि विराटनगर महानगरको चुनावी भिडन्त रोचक हुने ठानिएको छ ।

किनभने उनीसँग प्रतिस्पर्धा गर्न नेकपा एमालेले आज मात्रै सागर थापालाई प्रमुख पदको उम्मेदवार बनाउने टुङ्गो गरेको छ । विद्यार्थी राजनीतिबाट आएका उनी पनि बलिया उम्मेदवार हुन् ।