• २०८३ असार ७
  • 2026 June 21, Sunday

गृहमन्त्रीको प्रश्न– ‘के मेरो विरुद्ध कतै उजुरी परेको छ?’

गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध कुनै उजुरी नपरेको र कुनै अनुसन्धानको दायरामा आफु नरहेको बताएका छन्। भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडिएपछि संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिप्रश्न गर्दै भने, “के मेरो विरुद्ध कतै उजुरी परेको छ? कतै अनुसन्धान भइरहेको छ?”

तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रहरीमा जाहेरी परेको हुनाले आफूले राजीनामा दिनुपर्ने आवाज उठाएको उनले बताएका छन् । संसद् भवनमा बुधबार पत्रकार सम्मेलन गरेर लेखकले सोधे, ‘म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ?’”

उनका अनुसार, आपराधिक कार्यको जिम्मेवारी त्यस अपराधमा संलग्न व्यक्तिमै सीमित हुनुपर्छ, र त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखले गरेका कार्यहरूको जिम्मेवारी आफूले लिनुपर्ने कारण नरहेको उनले बताएका छन्।

साथै अख्तियार अनुसन्धानको दायरामा रहेका सहसचिव तीर्थराज भट्टराईलाई आफूले अन्य मन्त्रालय वा विभागबाट ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा खटाएको कुरा सत्य नभएको समेत स्पष्ट पारेका छन्।