कांग्रेस नेता मोहम्मद अफताव आलमको मुद्दा उच्च अदालतले उल्ट्यायो

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमसहित चार जनालाई सफाइ दिएको छ।

न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले बुधबारको सुनुवाइमा आलमलगायतलाई निर्दोष ठहर गर्दै सफाइ दिएको हो।

यसअघि जिल्ला अदालत रौतहटले राजपुर बम विष्फोट तथा त्यसपछिको घटनामा उनीहरूलाई दोषी ठहर गरेको थियो।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका रजिस्ट्रार दीपक भण्डारीका अनुसार, अभियोग पुष्टि हुन नसकेकाले जिल्ला अदालतको फैसला उल्टाउँदै आलमसहित चार जनालाई सफाइ दिइएको हो।

सफाइ पाउनेमा मोहम्मद अफताव आलम, मोहम्मद महताव आलम, शेख सेरोज (शेख सराज) र बद्री सहनी रहेका छन्।

उनलाई अहिले केन्द्रीय कारागारमा राखिएको छ । फैसला उल्टिएसँगै उनी थुनामुक्त हुनेछन् ।

यसअघि उनलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१