• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

ललितपुरमा बंगलादेशी नागरिकलाई बन्धक बनाउने पाँच भारतीय पक्राउ

काठमाडौं। नेपाल भ्रमणमा आएका बंगलादेशी नागरिकहरूलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा पाँच जना भारतीय नागरिक पक्राउ परेका छन्।

ललितपुर महानगरपालिका–१५ स्थित एक घरमा बंगलादेशीहरूलाई बन्धक बनाई आफन्तसँग रकम माग गरिएको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले बिहीबार जानकारी दिँदै घटनामा संलग्न पाँच भारतीय नागरिकलाई पक्राउ गरिएको पुष्टि गरे।

पक्राउ पर्नेमा नयाँ दिल्ली घर भई ललितपुरमा बसोबास गर्दै आएका ३८ वर्षीय शिव सौरभ, पन्जाब घर भएका ३२ वर्षीय दीपक कुमार, ३६ वर्षीय संदीप कुमार, ३८ वर्षीय जसप्रीत सिंह र ६४ वर्षीय रमेश जाधव छन्।

उनीहरूलाई काठमाडौं परिसर र गौशाला प्रहरी वृत्तबाट खटिएको टोलीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। एसपी बोहराका अनुसार, जेठ १४ गते काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर उनीहरूविरुद्ध अनुसन्धान थालिएको छ।