• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा हङकङमा

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा अन्तरराष्ट्रिय संगठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुन हङकङ पुगेकी छन्। जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी गएराति हङकङ प्रस्थान गरेकी हुन्।

परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकका अनुसार हङकङ विशेष प्रशासनिक क्षेत्रमा यही मे ३० तारिखका दिन हुने हस्ताक्षर समारोहमा नेपाल पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुँदैछ।

सो समारोहमा परराष्ट्र मन्त्रालयका अधिकारीहरू तथा हङकङस्थित नेपाली महावाणिज्य दूतावासका प्रतिनिधिहरू सहभागी हुनेछन्। मन्त्री राणा आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको पनि सल्लाहकार पाठकले जानकारी दिए।