• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

अर्थमन्त्री पौडेल बजेट ब्रिफकेस लिएर सिंहदरबारमा

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेल आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको ब्रिफकेस बोकेर बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका छन्।

उनी मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन पुगेका हुन्। बैठकले बजेटलाई स्वीकृति दिनेछ, जसपछि दिउँसो ३ बजे प्रतिनिधिसभामा बजेट प्रस्तुत गरिने कार्यक्रम रहेको छ।