काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र सकारात्मक लयतर्फ उन्मुख भइरहेको बताएका छन्।
बिहीबार संसद् बजेट प्रस्तुत गर्दै उनले अघिल्लो वर्ष आर्थिक वृद्धि दर ३.७ प्रतिशत रहेकोमा चालू वर्षमा यो दर ४.६ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए।
उनका अनुसार अघिल्लो वर्ष नकारात्मक अवस्थामा रहेका उत्पादनमूलक र निर्माण क्षेत्रहरू यस वर्ष सकारात्मक बन्दै गएका छन्, जसले समग्र अर्थतन्त्रमा सुधारको संकेत दिएको छ।
अर्थमन्त्री पौडेलले बाह्य क्षेत्र सुदृढ बन्दै गएको र वित्तीय क्षेत्रमा पर्याप्त तरलता उपलब्ध रहेको उल्लेख गरे।
