• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

वर्षौँपछि विदेशमा लगानी गर्न पाउने बाटो खुला

काठमाडौं। सरकारले वर्षौँपछि विदेशी लगानीमा रहेका नेपाली उद्योग तथा व्यवसायलाई राहत हुने गरी विदेशमा लगानी गर्न पाउने व्यवस्था गर्ने घोषणा गरेको छ।

आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले हाल नेपालबाट पुँजी विदेश लैजान नपाइने कानुनी व्यवस्थामा संशोधन गरी सुविधा दिन लागिएको जानकारी दिए।

उनका अनुसार अब निर्यातमुखी उद्योगहरूले निर्यातबाट आर्जन गरेको आम्दानीको २५ प्रतिशतसम्म रकम विदेशमा पुनःलगानी गर्न सक्ने व्यवस्था गरिनेछ।

यसका अतिरिक्त, सरकारले ब्याज अनुदानका लागि ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।