बढेन वृद्ध भत्ताको उमेर, समाजिक सुरक्षाका लागि १ खर्ब ९ अर्ब बजेट

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

जेष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने पनि उनले बताए ।

सामाजिक सुरक्षाका नाममा दोहोरो सुविधा नदिइने उनले बताए । तर, वृद्ध भत्ताको उमेर बढाउने घोषणा भने उनले गरेनन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१