
काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको छ।
बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।
स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब
सरकारले स्वास्थ्य बामा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। बाँकी बिमा यसै आर्थिक वर्षमा फर फारकको व्यवस्था गरिएको छ।
आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री विष्णु पौडेलले भने, ‘स्वास्थ्य बिमा कार्यक्रमको पुर्नरसंरचना गरिनेछ। प्रभावकारी कार्यान्यवन र दायरा विस्तार गरिनेछ।’
यस्तै, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बिमामा एकीकृत गरिने उनले बताए।
‘निरोगी नेपाल, स्वस्थ नेपाली स्वच्छ आहार, योग ध्यान र सकरात्मक सोचसहितको शैली विकास गर्न निरोगी नेपाल अभियान सुरु गरिने’ अर्थमन्त्री पौडेलले बताए।