काभ्रेको बेथानचोक गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट अधिकारी उठ्ने

काभ्रेपलाञ्चोक । काभ्रेको बेथानचोक गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट भगवान अधिकारीले टिकट पाएका छन् । कांग्रेस जिल्ला समितिको बैठकले अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

अधिकारी नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष समेत हुन् । २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उनी बागमती प्रदेशको कांग्रेसको समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा परेका थिए ।

काभ्रेका १३ स्थानीय तहमध्ये ७ वटा पालिकामा कांग्रेस, ४ पालिकामा माओवादी केन्द्र र दुईवटा पालिकामा एकीकृत समाजवादीले प्रमुख पद पाउनेगरी गठबन्धनमा सहमति भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१