• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

बजेटको आकार १९ खर्ब ६४ अर्ब

सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

यो बजेट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका हुन्। नयाँ बजेटमा ६०.१ प्रतिशत अर्थात् ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ चालु खर्चका लागि छुट्याइएको छ। यस्तै, पूँजीगत खर्चका लागि ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ (२०.८ प्रतिशत) र वित्तीय व्यवस्थाका लागि ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१ प्रतिशत) विनियोजन गरिएको छ ।