राजावादी आन्दोलन सधैं राजनीतिक नारासँगै केही रोचक घटनाले चर्चामा आइरहन्छ। यसपटकको आन्दोलनमा फेरि एक पटक सिक्रि हरायो, तर कथा त्यत्तिमा सकिएन।
गत चैत्र १५ मा पनि सिक्रि हराएको थियो, र यसपटक पनि सोहि क्रम दोहोरियो। आन्दोलनको रौनकबीच अचानक माइकबाट सिक्रि हराएको घोषणा गरियो। केही समयमै भिडबाट एक वृद्ध अगाडि आए र हराएको सिक्रि आफूले फेला पारेको जानकारी दिए।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त वृद्धलाई धन्यवाद दिए। सिक्रि हराउने व्यक्तिले भने त्यो सिक्री आफ्नी श्रीमतीले दिएको अमूल्य उपहार भएको बताउँदै निकै खुसी व्यक्त गरे र फेला पार्ने वृद्धलाई ५ हजार रुपैयाँ पुरस्कार घोषणा गरे।
त्यसपछि अर्को एक व्यक्तिले भिडमै उभिएर थप एक हजार रुपैयाँ दिने घोषणा गर्दा माहोल झनै रमाइलो बन्यो।