• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सभामुखले संसद अवरोध हटाउने पहलस्वरूप बैठक बोलाए

काठमाडौं। सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोध हटाउने र आगामी बजेटमाथिको छलफल सुरु गर्ने विषयमा कुराकानी गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका सचेतकहरूको बैठक बोलाएका छन्।

सभामुखको सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजे मुख्य सचेतक र प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाइएको हो। यसका साथै, शुक्रबार दिउँसो १२ बजे प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत डाकिएको सचिवालयले जानकारी दिएको छ।

हाल प्रमुख विपक्षी दलहरूले भिजिट भिसासम्बन्धी प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको भन्दै संसद अवरुद्ध गर्दै आएका छन्। उनीहरूले गृहमन्त्रीले राजीनामा नदिउन्जेल र छानबिन आयोग गठन नभएसम्म संसदले बजेटबाहेक अन्य काम कारबाही अघि बढाउन नदिने अडान लिएका छन्।