सुनको मूल्यमा सामान्य वृद्धि, आजको कारोबार मूल्य कति?

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य रूपले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ। चाँदीको मूल्य भने केही घट्दै तोलामा १ हजार ९८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

बिहीबारको तुलनामा सुनको मूल्य ७ सय रुपैयाँले बढेको हो। बिहीबार छापावाल सुन १ लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य १ हजार ९९५ रुपैयाँ रहेको थियो, जसअनुसार आज चाँदी १५ रुपैयाँले घटेको हो।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१