काठमाडौं । सभामुख देवराज घिमिरेले दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूसँग शुक्रबार छलफल गरेका छन् ।
बैठकमा बजेटमाथिको छलफल र आगामी संसदीय कार्यसूची तय गर्ने विषयमा कुराकानी भएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । उनका अनुसार आजको बैठकमा संसद अवरोध हटाउने विषयमा कुनै ठोस छलफल नभएको हो ।
“हिजो बजेट प्रस्तुत गर्न सभामुखले सहजीकरण गर्नुभयो, जुन संवैधानिक दायित्व पूरा गर्ने जिम्मेवारीका रूपमा लिनुपर्छ,” घिमिरेले भने, “बजेट प्रस्तुत मात्र होइन, पारित गर्नु पनि संवैधानिक प्रक्रिया हो भन्ने बोध उहाँमा रहेको हामी विश्वास गर्छौं ।”
यद्यपि विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म संसद सञ्चालन हुन नदिने अडान कायमै राखेका छन् ।