• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

चार दिनदेखि बेलबारीका चार बालिका बेपत्ता

  • २०८२ जेठ १८, आइतबार १०:५७

काठमाडौं।  मोरङको बेलबारी नगरपालिका–२, लालभित्ती क्षेत्रबाट चार जना बालिका एकैसाथ बेपत्ता भएका छन्। जेठ १५ गते गणतन्त्र दिवसका दिन उनीहरू साथी भेट्न जाने भन्दै घरबाट निस्किएका थिए, तर त्यसपछि फर्किन नसकेको परिवारजनले बताएका छन्।

बेपत्ता हुनेमा सुन्दरहरैचा–११, शुक्रबारेस्थित महेन्द्र माविकी १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, तथा बेलबारी–२ स्थित कविर माविकी १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली रहेका छन्।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले बालिकाहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिए। हालसम्म उनीहरूबारे ठोस जानकारी नआएको उनले बताए।

परिवार र सुरक्षाकर्मीले बालिकाहरूको सम्भावित सम्पर्क स्थान तथा चिनेजानेकाहरू सँगसमेत अनुसन्धान गरिरहेका छन्।

  • २०८२ जेठ १८, आइतबार १०:५७