याैन दूराचारबारे प्रश्नमा केशव स्थापितकाे जवाफ : विवादमा नआउने पनि केशव स्थापित हुन्छ ?

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले आफूमाथि लागेको यौन दूराचारबारे सामान्य टिप्पणी गरेका छन् ।

मनोनयन दर्ता गरेपछि पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा उनले आफ्नो नाममा बेला बेलामा विवाद झिक्ने गरेको टिप्पणी गरे ।

उनले भने, ‘मजत्तिको व्यक्ति उपर इस्यु भएन भने केशव स्थापित नै भएन, विवादमा नआउने पनि पनि केशव स्थापित हुन्छ र आइरहनुपर्‍यो नि !’

विगतमा आफूलाई ५० वटा मुद्दा लाग्दा ५ वटा थपियोस् भनेर निवेदन हालेको मान्छे आफू भएकाे पनि बताए । उनले यस्ता विषय ध्यानमा राख्न नहुने तर्क पनि गरे ।

दुई वर्षअघि काठमाडौं महानगरपालिकाकी एक पूर्व कर्मचारीले तत्कालिन मेयर स्थापितले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

आफूमाथि कुनै बेला भएको दुर्व्यवहारबारे विश्वभरका महिलाले आवाज उठाइरहेको त्यो समयमा ती महिलाले स्थापितबाट भएका यौन दुराचारको घटना बाहिर ल्याएकी थिइन् । विश्वभरिका महिलाहरूले सुरू गरेको उक्त अभियान ‘मीटू’ काे नाममा चर्चित थियाे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१