• २०८३ असार ५
  • 2026 June 19, Friday

प्रतिनिधिसभा सञ्चालन अघि विपक्षी दलको निर्णयको प्रतिक्षा गर्दै सभामुख

काठमाडौं।  प्रतिनिधिसभा बैठक सञ्चालनमा केही ढिलाइ हुने देखिएको छ। सभामुख देवराज घिमिरेले सदन सञ्चालनको अनुकूल वातावरण बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेसँग पहिलो चरणमा छलफल गरेका थिए।

त्यसपछि उनले सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकहरूसँग पनि कुराकानी गरेका छन्। अहिले सभामुख विपक्षी दलहरूको धारणा के आउनेछ भनेर प्रतीक्षा गरिरहेका छन् भने उनको सचिवालयले यसबारे जानकारी दिएको छ।

यसैबीच, विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी केन्द्रबीच माओवादी संसदीय दलका नेता पुष्पकमल दाहालको अध्यक्षतामा नयाँ वानेश्वरस्थित संसद भवनमा बैठक जारी छ। सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार, विपक्षी दलको बैठकले के निर्णय गर्छ त्यसपछि मात्रै सभामुखले प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने निर्णय लिनेछन्।

‘अहिले विपक्षी दलहरूको बैठक जारी छ। बैठकले धारणा तय गरेपछि सभामुखले सदन सञ्चालन गर्ने निर्णय गर्नु हुनेछ,’ अधिकारीले भने।