• २०८३ असार ५
  • 2026 June 19, Friday

मधेसमा माओवादी संसदीय दलका नेता साहले दिए राजीनामा

काठमाडौं। नेकपा माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन्।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि साहले संसदीय दलको नेताबाट राजीनामा दिएका हुन्। उक्त जानकारी माओवादी केन्द्रका प्रदेशसभा सदस्य युवराज भट्टराईले दिएका छन्।

साहमाथि अनैतिक गतिविधिमा संलग्न भएको आरोप लागेपछि उनले राजीनामा दिएका एक प्रदेशसभा सदस्यले बताए। यद्यपि पार्टीले औपचारिक रूपमा त्यसबारे कुनै विवरण सार्वजनिक गरेको छैन।