• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

यू–१६ क्रिकेटमा लुम्बिनीका रौनक श्रीवास्तवको दोहोरो शतक

काठमाडौं।  सुर्खेतमा जारी यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले शानदार दोहोरो शतक प्रहार गरेका छन्।

विरेन्द्रनगर रंगशालामा गण्डकी प्रदेशविरुद्धको खेलमा रौनकले ११७ बलमा १६ चौका र १६ छक्कासहित २१७ रन बनाए।

उनको विस्फोटक प्रदर्शनको मद्दतमा लुम्बिनी प्रदेशले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै ४०३ रनको विशाल स्कोर खडा गर्‍यो।