• २०८३ असार ५
  • 2026 June 19, Friday

दुर्गा प्रसाईंसहित ३९ जनाको बयान सम्पन्न, थुनछेक बहस आजदेखि

काठमाडौँ । तीनकुने घटनासँग सम्बन्धित अभियुक्तहरूको बयान सकिएको छ। बयान प्रक्रिया पूरा भएसँगै बुधवारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीको इजलासमा थुनछेक बहस सुरु भएको हो।

राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएका ५० जना प्रतिवादीमध्ये ३९ जना हाल थुनामा रहेका छन्। थुनछेक प्रक्रिया सम्पन्न भएपछि अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्नेबारे निर्णय सुनाउनेछ।

यसैबीच, भाटभटेनी लुट प्रकरणमा संलग्न भनिएका ११ जनालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ। उनीहरूको थुनछेक बहस न्यायाधीश पदमराज पाण्डेको इजलासमा भएको थियो। सरकारी वकिलले उनीहरूविरुद्ध आपराधिक उपद्रव अन्तर्गत अभियोग दायर गरेका थिए।