काठमाडौँ । प्रतिनिधिसभाको बैठकअघि सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।
सदनमा जारी गतिरोध अन्त्य गर्न सभामुख घिमिरेले बुधबार दिउँसो प्रमुख सचेतकहरूसँग अनौपचारिक छलफल गरेका हुन्। प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइए पनि तोकिएको समयमा सुरु हुन सकेको छैन।
यसअघि मंगलबार पनि बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेका छन्, जबकि कांग्रेस र एमालेले गृहमन्त्रीलाई सदनमा आफ्ना धारणा राख्न दिनुपर्ने अडान लिएका छन्।