• २०८३ असार ५
  • 2026 June 19, Friday

राजावादी बैठकमा माइक खोसाखोस, नेताहरू बैठकबाट बाहिरिए

काठमाडौँ । ‘संयुक्त जनआन्दोलन समिति’को बुधबार सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठकमा सहभागीबीच माइक खोसाखोस हुँदा बैठक असहज बनेको छ।

बोल्ने क्रममा माइक खोसाखोस भएपछि बैठक प्रभावित भएको र दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्न सकिएको छैन। राप्रपाका एक नेताका अनुसार बैठकमा ४४ राजावादी तथा हिन्दुवादी संघ संगठनका प्रतिनिधि उपस्थित थिए, जसले गर्दा सहभागी धेरै थिए तर बोल्ने समय सबैलाई नपाएपछि विवाद उत्पन्न भयो।

माइक खोसाखोस भएपछि राजावादी समूहका शीर्ष नेताहरू बैठक हलबाट बाहिरिएका छन्। अहिले सीमित नेताहरू कुनै अर्कै स्थानमा बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारीमा छन्। यसअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बैठकमा भाग लिनुभएको थिएन।