काठमाडौँ । भिजिट भिसा प्रकरणका कारण अवरुद्ध बनेको संघीय संसद् सञ्चालन गर्न सभामुख देवराज घिमिरे सक्रिय प्रयासमा रहेका छन्।
संसद् सुचारु गराउने पहलस्वरूप सभामुख घिमिरेले विपक्षी दलहरूसँग निरन्तर सम्वाद जारी राखेका छन्। हाल माओवादी केन्द्रका नेताको कार्यकक्षमा विपक्षी दलहरूको बैठक जारी छ।
गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख विपक्षी दलहरू लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएका छन्।
यता, माओवादी केन्द्रले छानबिन समिति गठनका लागि प्रतिबद्धता जनाउने संकेत दिएका छन्। यदि त्यसअनुसार सहमति जुटेमा गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिने विषयमा विपक्षी लचिलो हुने संकेत देखिएको छ।
यसैबीच, सभामुख घिमिरेसँग उपसभामुख, कानून मन्त्री, सत्ता पक्षका प्रमुख सचेतकहरू र राप्रपाका प्रमुख सचेतक सहभागी छलफल जारी रहेको स्रोतले जनाएको छ।