• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

केएमसीको स्वास्थ्य टोली इन्द्रावतीमा, १२ सय बिरामीको निःशुल्क परीक्षण

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले सिन्धुपाल्चोकको इन्द्रवतीमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।

इन्द्रावती गाउँपालिका ४ नवलपुरको नवलपुर माध्यमिक विद्यालयको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा १२ सय ३ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

शिविरमा १३३ जनाको भिडियो रेक्सरे, १०३ जनाको ईसीजी तथा १०९ जनाको ल्याब परीक्षण गरिएको थियो ।

३५ जनाको ईको गरिएको थियो भने १४ जनाको दाँत निकालिएको थियो । ८८ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।