
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको गौरीघाटमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।
महान् सिद्धार्थ हाइस्कूलको आयोजनामा विद्यालयको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा ५ सय ६४ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा ८७ जनाको भिडियो रेक्सरे, ८६ जनाको ल्याब परीक्षण गरिएको थियो ।
२२ जनाको दाँत निकालिएको थियो भने १८ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।