• २०८३ जेठ २२
  • 2026 June 05, Friday

इजरायली सेनाको दाबी : गाजाबाट दुई बन्धकका शव फेला

काठमाडौं ।  इजरायली सेनाले गाजाको दक्षिणी क्षेत्र खान युनिसबाट दुई अमेरिकी मूलका इजरायली नागरिकका शव बरामद गरेको जनाएको छ।

सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलको किबुट्ज निर ओजमा हमासले गरेको आक्रमणका क्रममा ७० वर्षीया जुडी वाइनस्टाइन हाग्गाई र उनका ७२ वर्षीय पति गादी हाग्गाईलाई हमाससम्बद्ध मुजाहिद्दीन ब्रिगेडका सदस्यहरूले बन्धक बनाएका थिए।

इजरायली सेनाका अनुसार सोही आक्रमणको क्रममा उनीहरू दुबैको हत्या गरिएको थियो। उनीहरूको शव गाजाको खान युनिस क्षेत्रबाट फेला पारिएको र पहिचानका लागि इजरायल फर्काइएको जनाइएको छ।

इजरायली अधिकारीहरूले गाजामा अझै पनि हमासको नियन्त्रणमा रहेका ५६ जना बन्धकहरू रहेको जनाएका छन्। तीमध्ये कम्तीमा २० जना अझै जीवित रहेको अनुमान गरिएको छ।