• २०८३ असार ५
  • 2026 June 19, Friday

मुख्यमन्त्री सिंह र एडीबी प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

काठमाडौं। मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह र एशियाली विकास बैंक (एडीबी) का निर्देशक श्रीनिवासन जर्नादनमबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ।

मुख्यमन्त्री निवासमा भएको उक्त भेटका क्रममा एडीबीको टोलीले सार्वजनिक वित्तीय व्यवस्थापन (PFM) मूल्याङ्कनको हालसम्मको प्रगति तथा आगामी कार्ययोजनाबारे जानकारी गराएको थियो।

भेटवार्तामा प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साह, एडीबीका वरिष्ठ अधिकृत जुलिका तथा कृष्ण पाठकको समेत उपस्थिति रहेको थियो।

एडीबी निर्देशक जर्नादनमका अनुसार, प्रदेश सरकारले पारदर्शिता, उत्तरदायित्व तथा बजेट कार्यान्वयनको प्रभावकारिता सुनिश्चित गर्न सार्वजनिक वित्तीय प्रणालीमा सुधार ल्याउने उद्देश्यले यो मूल्याङ्कन प्रक्रिया अघि बढाएको हो।

नेपालमा यसअघि गण्डकी प्रदेशले सार्वजनिक वित्तीय व्यवस्थापन मूल्याङ्कन प्रक्रिया पूरा गरिसकेको छ भने मधेस प्रदेशको मूल्याङ्कन अन्तिम चरणमा पुगेको जानकारी एडीबी टोलीले दिएको छ।