काठमाडौँ । भिजिट भिसा प्रकरणमा सत्ता र विपक्षबीच सहमति नजुटेपछि शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पुनः स्थगित गरिएको छ। बैठक अब आइतबार दिउँसो १ बजेसम्मका लागि सारिएको हो।
सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार शुक्रबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक तीन बजे सूचना टाँसेर स्थगित गरिएको हो। यसअघि पनि भिजिट भिसा मुद्दामा सहमति नजुट्दा जेठ १३ र २२ गते बसेका बैठकहरू कार्यसूचीमा प्रवेश नगरी स्थगित भएका थिए।
यस्तै, जेठ १४, २०, २१ र २३ गतेका बैठकहरू पनि सूचना टाँसेर सारिँदै आएका छन्। विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरुद्ध गर्दै आएका छन् भने सत्ता पक्ष अझैसम्म त्यसमा सहमत हुन सकेको छैन।