• २०८३ असार ५
  • 2026 June 19, Friday

माधव नेपालसहितका नेतामाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

काठमाडौं। नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षको बजेट अधिवेशनमै विद्यालय शिक्षा ऐन र निजामति सेवा ऐन पारित गरिने बताएका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले यी दुवै विधेयक विगत लामो समयदेखि प्रतिक्षित रहे पनि यस अधिवेशनमा पारित हुनेमा विश्वास व्यक्त गरे।

राजनीतिक घटनाक्रमका बारेमा प्रतिक्रिया दिँदै मन्त्री गुरुङले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित केही नेतामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दा नियमित प्रक्रिया अनुसार भएको बताएका छन्।