
काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह र उनका छोरा हृदयेन्द्र शाह जुम्ला पुगेका छन् ।
हिमानी ट्रस्टले निर्माण गर्न लागेको बर्थिङ सेन्टर शिलान्यास गर्न सांसद ज्ञानेन्द्र शाहीको साथमा जुम्ला पुगेका हुन् । जुम्लाका दुई स्थानमा बर्थिङ सेन्टर बनाइने सांसद शाहीले बताएका छन् ।
शिलन्यास गर्न जुम्ला पुगेका उनीहरुलाई स्थानीयले स्वागत गरेका छन् ।