काठमाडौं । सभामुख देवराज घिमिरे संसद्को गतिरोध अन्त्यका लागि प्रमुख तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन्।
सभामुख घिमिरेले आइतबार पौने १२ बजे नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन्। प्रतिनिधि सभाको बैठक लामो समयदेखि अवरुद्ध भइरहेका बेला सभामुखले समाधान खोज्ने प्रयासस्वरूप यो छलफल गर्न लागेका हुन्।
विपक्षी दलहरू भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठनको माग गर्दै आएका छन्। तर, सत्तापक्ष यसमा सहमत नभएकाले संसद् बैठक अवरुद्ध गर्ने रणनीति विपक्षी दल विशेषगरी प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले लिइरहेका छन्।