• २०८३ असार ५
  • 2026 June 19, Friday

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनामाथि भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर

काठमाडौं। नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अदालत स्रोतका अनुसार मुद्दा हाल रुजु प्रक्रियामा रहेकाले औपचारिक रूपमा दर्ता हुन बाँकी छ। अख्तियारले दायर गरेको आरोपपत्रमा निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल पनि प्रतिवादीका रूपमा समावेश छन्।

पौडेलमाथि भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका थिए। उनको स्थानमा सरकारले २०८१ साल भदौमा संगीता पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको थियो।