काठमाडौं । अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन सुरु, प्रधानमन्त्री ओलीद्वारा उद्घाटनअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय महाधिवेशन आज काठमाडौंमा सुरु भएको छ।
महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन्। तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरका प्रतिनिधिहरू सहभागी छन्।
कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य दिँदै अनेरास्ववियु अध्यक्ष समिक बडालले शिक्षामा विद्यमान समस्याहरू समाधान गर्दै संगठनले विकासको दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
नेविसंघका सभापति डोजाङ शेर्पाले विद्यार्थी आन्दोलनप्रति गरिएको नकारात्मक टिप्पणीको एकताबद्ध ढंगले प्रतिवाद गर्नुपर्ने धारणा राखे। राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवेले युवासम्बन्धी मुद्दाहरूमा सबै विद्यार्थी संगठनहरू एकजुट हुनुपर्नेमा जोड दिए।
अनेरास्ववियुकी पूर्वअध्यक्ष नवीना लामाले गणतन्त्रविरोधी शक्तिहरूको गतिविधिको सामना गर्दै सशक्त प्रतिवाद गर्न विद्यार्थीहरू अग्रसर हुनुपर्ने बताइन्।