• २०८३ असार ५
  • 2026 June 19, Friday

सांसद चन्दा कार्कीद्वारा अध्यागमन विभागमा अध्ययन अवलोकन भ्रमणको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. चन्दा कार्की भण्डारीले अध्यागमन विभागमा संसदीय अध्ययन र अवलोकन भ्रमणको माग गरेकी छन्।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्यसमेत रहेकी भण्डारीले समितिका सभापति रामहरि खतिवडालाई लेखी आज लिखित निवेदन पेश गरेकी हुन्।

निवेदनमा उनले भिजिट भिसाको नाममा अध्यागमन प्रक्रियामार्फत सेटिङ मिलाई अवैध मानव तस्करी र सम्भावित भ्रष्टाचारका घटनाहरू सार्वजनिक भइरहेका भन्दै गम्भीर जनचासो उत्पन्न भएको उल्लेख गरेकी छन्। सोही कारण अध्यागमन विभागमा प्रत्यक्ष अवलोकन र अध्ययन गर्नुपर्ने आवश्यकताअनुसार भ्रमणको माग गरिएको छ।

nn