काठमाडौं। कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले योजना छनोट प्रक्रियामा अनियमितता भएको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।
आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा योजना बैंकमा योजना इन्ट्री गर्ने प्रक्रियामै गम्भीर त्रुटि रहेको भन्दै माओवादी केन्द्रले सोमबारको बैठक अवरुद्ध गरेको हो।
माओवादी सांसद बिन्दमान विष्टले योजना छनोट प्रणालीमा पारदर्शिता नरहेको आरोप लगाउँदै सरकारसँग चित्तबुझ्दो स्पष्टीकरण माग गरेका छन्। उनले भने, “सरकारले सन्तोषजनक जवाफ नदिएसम्म सदन चल्न सक्दैन।”
यसअघि सभामुख नन्दा गुरुङले उत्पन्न परिस्थितिका कारण प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरेकी हुन्।