• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ९० हजार कायम भएको हो ।

यस्तै चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।