• २०८३ असार ५
  • 2026 June 19, Friday

प्रतिनिधिसभामा विपक्षी दलहरूको नारा : मानव तस्करलाई कारबाही गर

काठमाडौँ । प्रतिनिधिसभामा प्रतिपक्षी दलका सांसदहरूले नारा लगाएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका विपक्षीले आज पनि बैठकमा अवरोध गरिरहेका छन् ।

बैठक अवरोधका लागि उठिरहेका प्रतिपक्षी दलका सांसदहरूले मानव तस्करलाई कारबाही गर भन्ने नारा लगाइरहेका हुन् । सभामुख देवराज घिमिरेले माइक नदिए पनि सांसदहरूले मानव तस्करलाई कारबाही गर भन्ने नारा लगाएको सुनिइरहेको छ ।

नाराको सुरुवात राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद्वय सुमना श्रेष्ठ र हरि ढकालले पालैपालो गरिरहेका छन् ।  त्योसँगै गृहमन्त्री राजीनामा दे भन्ने नारा पनि प्रतिपक्षीहरूले लगाइरहेका छन् । अहिले पनि संसदमा अवरोध भइरहेको छ ।