• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

पत्रकार राजेन्द्र बानियाँ लेख्छन्– हामीलाई तानाशाह फाल्ने बाटो पनि थाहा छ

काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको घटनाप्रति पत्रकार महासंघसहित स्वतन्त्र पत्रकारहरूबाट विरोध जनाइँदै आएको छ। पाठकले होटल हिल्टनमा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयविर देउवालाई जोडेर बनाएको भिडियो साम्रागीलाई लिएर अदालतले पक्राउ गर्न आदेश दिएको थियो ।

यसै सन्दर्भमा पत्रकार राजेन्द्र बानियाँले सामाजिक सञ्जालमार्फत सत्ताको दमनकारी प्रवृत्तिको विरोध गरेका छन्।

बानियाँले लेखेका छन्, ‘बोलौं, विरोध गरौं, प्रतिरोध गरौं। सामाजिक सञ्जालमा सत्तालाई जनताको पक्षमा काम गर्न अनुरोध गर्दा यिनीहरू फोन गरेर थर्काउन खोज्छन्। प्रश्न सोध्यो भने पत्रकारिता सिकाउन खोज्छन्। समाचार सामग्री प्रसारण गर्दा पुलिस लगाएर थुन्ने र सकिदिने गोयबल्स प्रचार गर्छन्। लोकतन्त्र मास्ने र निरंकुश तानाशाह जन्माउने बाटो यही हो। तर हामीलाई तानाशाह फाल्ने बाटो पनि थाहा छ – मात्र जनता डोको ठीक्क पार्दैछन्।’

उनको भनाइ अनुसार सत्ताले जनताको आवाज दबाउन प्रहरी प्रशासनको प्रयोग गरिरहेको छ, जुन लोकतान्त्रिक मान्यताविपरीत रहेको छ। उनले प्रश्न सोध्दा पत्रकारिता सिकाउन खोजेको आरोप लगाउँदै तानाशाह फाल्ने बाटो पन थाहा आफूलाई भएको लेखेका छन् ।