• २०८३ असार ५
  • 2026 June 19, Friday

कांग्रेस, एमाले र माओवादीले सत्ताको बाँडफाँड बाहेक जनपक्षीय काम गर्न नसकेको बाबुराम भट्टराईको टिप्पणी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन हुन नसकेको बताएका छन् ।

पार्टीको १० औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले तीन दलका नेताहरुले १० वर्षका कुर्सी साटासाट गर्ने बाहेक केही गर्न नसकेकाले देशको अवस्थामा परिवर्तन हुन नसकेको बताएका हुन् ।अहिले मुलुकमा सुशासन कायम हुन नसकेको बरु भ्रष्टाचारका चाङ उदाङ्गो हुन थालेको उहाले बताए । त्यस्तै, भट्टराईले सत्तामा पुग्ने र आफ्नो भ्रष्टाचार लुकाउन बिपक्षीलाई देखाउने प्रवृति देखापरेको उल्लेख गरे ।

उनले मुलुकको अवस्था हेर्दा पुराना दलहरुबाट मुलुकको परिवर्तन नहुने देखाएको जिकिर गरे । आर्थिक बिकास र समृद्धिका निम्ति मुखले ठूला कुरा गरेरमात्रै नहुने उनको भनाइ छ ।

भट्टराईले सरकारले ल्याएको बजेटमा नयाँ कुनै पनि कुरा नरहेको टिप्पणी गरे । पार्टीको स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा सुशासन र समृद्धिका विषयमा छलफल कार्यक्रमको आयोजना गरेको उनले जानकारी दिए । कार्यक्रममा पुराना नभइ नयाँ बैंकल्पिक शक्तिहरु र पुराना दलबाट बिद्रोह गरेका नेताहरुलाई आमन्त्रित गरिएको भट्टराईले बताए ।