• २०८३ असार ५
  • 2026 June 19, Friday

व्यक्ति चुक्न सक्ला, तर पार्टीको धारणा अडिग रहन्छ : गगन थापा

भ्रष्टाचारीकाे भारी कांग्रेसले बाेक्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका सदस्यहरू भ्रष्टाचारमा मुछिएमा त्यसको जिम्मेवारी व्यक्तिगत रूपमा उनीहरूले नै वहन गर्नुपर्ने स्पष्ट पारेका छन्।

शनिबार आयोजित तेस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै उनले व्यक्ति चुक्न सक्ने भए पनि पार्टीको धारणा स्पष्ट र अडिग रहने बताए।

‘यदि कुनै पार्टी सदस्य भ्रष्टाचारमा संलग्न भएको प्रमाणित भयो भने कांग्रेसले त्यसको भारी बोर्दैन,’ उनले भने, ‘व्यक्ति चुक्ला, तर पार्टी चुक्न हुँदैन। कांग्रेसले कसैसँग सम्झौता गर्दैन।’

थापाले जनतामा देखिएको असन्तुष्टि हटाउन सरकार र जनप्रतिनिधिहरूले परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए। उनले कांग्रेसले धेरै काम गरे पनि त्यसको पर्याप्त प्रचार गर्न नसकेको कमजोरी पनि स्वीकारे।