• २०८३ असार ५
  • 2026 June 19, Friday

लुम्बिनी प्रदेशसभा बैठकको समय दुई घण्टाले पछाडि सारियो

बुटवल । लुम्बिनी प्रदेशसभाको आज दिउँसो  ३ बजे बस्ने भनिएकाे बैठक २ घण्टा पछाडि सारिएको छ ।

३ बजे बस्ने भनिएको बैठक विशेष कारणवश साँझ ५ बजेका लागि तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयले एक सूचना  जारी गर्दै  बैठक ५ बजे बस्ने जनाएको हो । आजको प्रदेशसभा बैठकमा सरकारले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।